यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पिप्लेमा टोलस्तरीय फुटबल प्रतियोगिता सुरु


हेटौडा, जनप्रबाह क्लव तथा शान्तिनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा पिप्ले टोलस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पा डाँडाको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता शान्तिनगर टोल विकास अध्यक्ष हरी बहादुर कुँवरको सभाध्यक्षमा मैत्रीपूर्ण फुटबल खेल सुरु भएको हो । पहिलो दिनको खेल पिप्ले सडक र ढुङ्गेधारा बीच भएको थियो भने उक्त खेलमा सुबिन घिमिरेले गरेको गोल नै पिप्ले सडकको लागि निर्णायक बन्यो । आजको खेल दिउँसो ३ बजे शान्तिनगर विरुद्ध कार्की टोल भिड्ने छन् ।

Advertisement
