मकवानपुरगढी गाउँपालिका स्तरिय तेस्रो संस्करणको शिक्षक फुटसल प्रतियोगिताको उपाधि आयोजक भानु माविले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा रुपनारायण मावि बुढिचौरलाई ६–१ गोलले स्तब्ध पार्दै उपाधि हात पारेको हो । अहिलेसम्म प्रतियोगिताको तिनै वटा संस्करण भानु माविले नै हात पारेको छ ।

May be an image of 11 people, people standing and outdoors

प्रतियोगिताको उपाधि जित्दै भानु माविले नगद १५ हजार शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उपविजेता बन्दै रुपनारायण माविले नगद १० हजार शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो हुँदै शारदा माविले नगद ५ हजार शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

May be an image of 10 people and people standing

प्रतियोगितामा भानु माविको मुकेश चौलागाँई उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक गोलकर्ता रुपनारायण माविका मनमोहन देवकोटा घोषित भए । यस्तै भानु माबिका सुमन थिङ उत्कृष्ट डिफेन्डर र शिवराम फुँयाल उत्कृष्ट गोलकिपर घोषित भए । बिजयी टिमलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिनले पुरस्कार बितरण गरेका छन् । प्रतियोगिता भानु माविको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा तीन दिन मकवानपुरगढी– ३ मक्रान्चुली स्थित भानु मिनि पिचमा भएको थियो ।