मकवानपुरगढी गाउँपालिका स्तरिय तेस्रो संस्करणको शिक्षक फुटसल प्रतियोगितामा आज आयोजक भानु माबि र रुपनारायण माबिबीच फाईनल खेल हुने भएको छ । शनिबार भएको समिफाईनल खेलमा आयोजक भानु माविले शारदा माबिलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने अर्को सेमिफाईनल खेलमा रुपनारायण मावि बुढिचौरले रानिशेरा माविलाई ११ –२ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाईनलमा आयोजक भानु माविसँग भिड्ने पक्का गरेको थियो ।

त्यस्तै आजै तेस्रो स्थानको लागि शारदा मावि र रानिशेरा मावि बीच खेल हुने आयोजकले जनाएको छ । भानु माध्यामिक बिद्यालयको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको खेल मकवानपुरगढी– ३ भानु मिनि पिचमा शुक्रबारदेखि सञ्चालन भएको हो ।