नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्य (डिना) निर्वाचित भएकी छन् । महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह–महामन्त्रीमा निर्वाचित भएकी हुन ।

बिहिबार सम्पन्न मतगणनाअनुसार उनले २५३३ मत ल्याइन् भने पन्तले २१०५ मत प्राप्त गरिन् । डिना शेरबहादुर देउवा नेतृत्व प्यानलबाट चुनावी मैदानमा थिइन भने पन्त शेखर कोइराना नेतृत्व प्यानलबाट उम्मेदवार बनेकी थिइन।