हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मनोकामना चोक नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ । शनिबार बिहान स्थानीयले बमजस्तै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । विस्फोटक पदार्थ होक्स प्रहरी टोलीले नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।