मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।अधिकारीले १८ मत पाएर विजयी भएका हुन ।उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका छन। त्यसैगरी वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन। जसमा आजिव भट्टराई र पुष्पराज पुडासैनी पराजित भएका छन।

त्यस्तै संघको एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई विजयी भएका छन् । अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै चौँलागाई एसोसियट उपाध्यक्षमा निर्वाचित भएका हुन। चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गरेका छन । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी,गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित भएका छन।