मकवानपुर उद्योग वाणिज्य संघको एशोसियट सदस्यमा अकिंता सुमार्गी निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न निर्वाचनमा एशोसियट तर्फ कुल १ सय १६ मत खसेकोमा उनले ७१ मत ल्याइ निर्वाचित भएकी हुन् । मकवानपुर उद्योग वाणिज्य संघमा ठुला व्यावसायिक प्रतिष्ठानको संख्या ११७ रहेका छन् । मकवानपुरका महिला व्यवसायीहरूको आर्थिक तथा सामाजिक विकासको लागि महिला नेतृत्वको आवश्यकता रहेको भन्दै सुमार्गीले उम्मेदवार दिएकी थिईन् ।