Comments Add Comment

काठमाडौंको कपनमा ग्याङ फाइट, एक युवाकाे मृत्यु

भदौ १८, २०७६ काठमाडौं :  काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेके प्रहरीले जनाएको छ। मंगलबार राति ९ बजे कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। 

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्। दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाछपक्राउ गरिएको  महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर