Coronavirus COVID-19

वडाध्यक्षमाथि पोखरामा आफ्नै कार्यकर्ताद्धारा कुटपिट

पोखरामा आफ्नै कार्यकर्ताबाट वडा अध्यक्षमा हातपात भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२१ का वडा अध्यक्षमाथि हातपात भएको हो । आइतबार राष्ट्रबैंक चोकमा वडाअध्यक्ष खगराज आचार्यमाथि स्थानीय दाताराम आचार्यले हातपात गरेका हुन् । हातपात भएको कुरा वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे । कुटपिटमा संलग्न दातारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न आचार्य पहिले वडा नम्बर २१ कै हुन ।

‘राष्ट्रबैंक चोकमा जुस खाइरहेको थिएँ’, वडा अध्यक्ष आचार्यले भने, ‘रक्सी पिएर आएको रहेछ । एक्कासी पछाडिबाट आएर गर्धनमा हान्यो । त्यही वरिपरि भएकाहरुले मलाई बचाए । मलाइ दाताराम आएको थाहा भएन । ’ प्रत्यक्षदर्शी एकजनाले पनि वडाअध्यक्ष माथी हातपात भएको बताए । उनले भने, ‘वडाअध्यक्षले जुस खाइरहको देखेका थियौँ । एक्कासि त्यो मान्छे आएर गर्धनमा हान्यो,, हामी थप कुटपिट हुन दिएनौँ ।’ आचार्य नेकपाबाट उमेद्वार बनेर अध्यक्ष पदमा निर्वा्चित भएका हुन । उनलाई कुटपिट गर्ने पनि नेकपाकै कार्यकर्ता भएको स्रोतले जानकारी दियो ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...