Comments Add Comment

‘विप्लव’ समुहद्धारा साउन १५ गते नेपाल बन्दको घोषणा

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समुहले साउन १५ गते नेपाल बन्दको आव्हान गरेको गरेको छ । नेपालको विभिन्न स्थानमा बन्द गर्ने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ ।

आफ्नो पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज माइला लामा पक्राउ परेको भन्दै त्यस्को विरोेधमा बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । नेकपाले गत शनिबार विज्ञप्ति जारी गर्दै लामाको गिरफ्तारीको भत्सर्ना गर्दै तत्काल उनको रिहाईको माग समेत गरेको छ । विप्लवले विज्ञप्ती मार्फत विभिन्न संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । विप्लवले घोषणा गरेको सघर्षका कार्यक्रम अन्तर्गत साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनविरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी र जनकपुर रामेछाप र दोलखा बन्द गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर