Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुजिता भण्डारी प्रकरण : प्रदर्शन चर्किएपछि गर्‍यो चितवन प्रशासनले २४ घण्टा कर्फ्यु

Company Register

चितवनको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार साँझ ७ः३० बजेदेखि आज बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो । चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म कर्फ्यु लगाइएको जानकारी दिएका छन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी लामिछानेले भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा नीजि सम्पत्ति र संरचना तोडफोड, आगजनी र हुलदंगा गरी सार्वजनिक शान्ति भंग हुने अवस्था आएकाले कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । उनले आदेशको अवज्ञा गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्ने र एक महिना कैद वा जरिवाना साथै दुवै सजाय समेत हुन सक्ने बताए ।

असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो । भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा झडपसमेत भएको थियो । भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...