Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठन वागमती र ईन्द्रसरोवर पालिकाको दोस्रो अधिवेशन सम्पन्न

शिक्षक संघबाट संगठनमा जीवन कार्की प्रवेश

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले देवराज रानाको अध्यक्षतामा २२ सदस्सीय कमिटी गठन गरेको छ ।

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछानेको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम वागमती गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

शिक्षक संगठन वागमती गाउँपालिका दोस्रो अधिवेशन गर्नेमध्ये मकवानपुर जिल्लाकै चौथो पालिका बनेको हो । अधिवेशनले संगठनको विधान अनुसार देवराज रानाको अध्यक्षतामा २२ सदसीय नयाँ कार्य समिति समेत गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमूख अतिथी रमेशप्रशाद लामिछानेले संगठनको ऐतिहासिक पृष्ठभूमी बताउँदै संगठनको बल नै सांगठनिक एकतामा नीहित रहेको बताउनुभयो । यता विशेष अतिथी जिल्ला अध्यक्ष श्रीराम दाहालले भने संगठनको राष्ट्रिय समितिदेखि जिल्ला तह सम्मका सांगठनिक गतिविधीलाई प्रष्ट्याउँदै आगामी कमिटीको लागि अग्रिम शुभकामना समेत ब्यक्त गर्नुभयो । दाहालले मकवानपुर जिल्ला संगठनको मात्र नभई शिक्षक पेशागत आन्दोलनै संगठन र मकवानपुर मातृ जिल्ला तथा संस्था भएकोले यसमा निशन्देह लाग्न पनि सबैमा आग्रह गर्नुभयो । वहाले मकवानपुर जिल्लाले पछिल्लो विषम परिस्थितीमा पनि संगठनले गरेको शिक्षकको पेशागत विकास तालिम र ननिदाएका शिक्षकहरु कार्यक्रमलाई संगठनको राष्ट्रिय समितिले समेत धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उल्लेख गर्नुभएको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

वागमती पालिकाका शिक्षक संगठनका अग्रणी नेता खड्ग बहादुर पुलामीले भने आफू निबृत्त भईसक्दा पनि संगठनका बारेमा आफूले सोचेका कुरा आफैलाई समीक्षा गर्न मन लागेको बताउँदै संगठनमा नवप्रवेशीहरुलाई समेत उर्जा थप्ने मन्तब्य ब्यक्त गर्नुभयो । यसैबीच शिक्षक संघ बाट आफू संगठनमा प्रवेश गर्न चाहेको बताउँदै सदस्यता लिनुभएका जीवन कार्कीलाई सदस्यता पत्रमा हस्ताक्षर गर्दै जिल्ला अध्यक्ष श्रीराम दाहालले स्वागत गर्नुभयो ।

कार्यक्रममा संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनील गौतम, सदस्य सुभद्रा लामिछाने, लेखापरिषद् सदस्य सविता लामिछाने, शिक्षक सहकारी उपाध्यक्ष शीब प्रसाद लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपीरमण प्याकुरेल, लगायतको उपस्थिती रहेको प्रचार विभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो ।

भेलाले देवराज रानाको अध्यक्षतामा २२ सदस्सीय कमिटी गठन गरेकोमा उपाध्यक्ष प्रमिला राई, खुला उपाध्यक्ष दील बहादुर भोलोन, सचिव टेक बहादुर जर्गा मगर,कोषाध्यक्ष बालकुमार तिमल्सेना लगायतको सर्वसम्मत चयन गरेको हो ।

यता मकवानपुरकै ईन्द्रसरोवर पालिकामा पनि संगठनको दोस्रो अधिवेशन आजै सम्पन्न भएको छ।

शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सचिव पुरुषोत्तम आचार्यको विशिष्ठ आतिथ्यता रहेको थियो । ईन्द्रसरोवर पालिका अध्यक्ष मधुकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा वल, जिल्ला सदस्य भगवती श्रेष्ठ, चूडा पौडेल, सहकारी लेखा समिति संयोजक अभिमन्यू गौतम, महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, ईन्द्रसरोवर अध्यक्ष सहदेव रिमाल, संगठन थाहा अध्यक्ष रुपचन्द्र गोपाली, उपाध्यक्ष गीता थापा,सदस्य सविना लामिछाने, गाउँ शिक्षा समिति सदस्य देवकृष्ण पुडासैनी, लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनले मनबहादुर स्याङ्ग्तानको अध्यक्षतामा १७ सदस्सीय कमिटी समेत गठन गरेको छ । महिला उपाध्यक्षमा संरचना शर्मा, खुला उपाध्यक्षमा गोपी विशंखु, सचिव भीम स्याङ्गतान, कोषाध्यक्ष आशा श्रेष्ठ, सहसचिव विरोषमायाँ थिङ्ग, सहकोषाध्यक्ष सरस्वती थापामगर लगायतको सर्वसम्मत मनोनयन भएको हो ।

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...