Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा कोरोना संक्रमितको संख्या १९ सय नाघ्यो

Company Register

मकवानपुरमा यो समाचार तयार पार्दासम्म एक हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १२ हजार २ सय ६० जनाको पीसीआर जाँच गरिएको छ । मकवानपुरमा सोेमबार एकै दिन भने कोरोना संक्रमित ७५ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ ।

Advertisement

पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १९ सय ३३ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित बढी देखिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...