Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा हालसम्मकै सर्वाधिक १२५ जना कोरोना संक्रमित थपिए

Company Register

मकवानपुरमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । मंगलबार बिहान आएको रिपोर्टका अनुसार अहिले सम्म कै धेरै १२५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
संक्रमित मध्ये ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिएका छन् ।

Advertisement

असोज २५ गते संकलन गरिएको स्वाबको हेटौँडा – १० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा – १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको निरिक्षक चौलागाईले जनाईएको छ। संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका १०७ जना रहेका छन् । त्यस्तै बागमती गाँउपालिकाका १४ जना रहेका छन् भने मकवानपुर गढीका १ जना पुरुष रहेका छन् । त्यस्तै हेटौंडामा बस्दै आएका जिल्ला बाहिरका ३ जना रहेको छ ।

20201013_055802-1602548170.jpg
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...