मकवानपुरमा मंगबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंगलबार ३६ जनाको स्वाब संकलन गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुने मध्य ३ महिला र २ पुरुष रहेको छ ।