Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुर प्रहरीद्धारा २२९ किलो लागुऔषध गाँजा बरामद

Company Register

हेटौडा – मकवानपुर प्रहरीले भिमफेदी गाउँपालिका वडा नम्बर ९ ढुङगेनबाट २ सय २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।

Advertisement

बुधबार बिहान अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नम्बर–९ ढुङ्गेनबाट २ सय २९ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो ।

उक्त स्थानको भित्री बाटोको खोल्सीमा ९ वटा बोरा भित्र १८ वटा प्याकेटमा प्याकिङ् बनाएर लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको डिएसपी रानाले बताउनुभयो । बरामद गाँजा कस्को हो भन्ने अनुसन्धान र खोजीकार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...