Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Company Register

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ६ ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु ८ प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन्। घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्। मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...