संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनष्टि पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराई नियुक्त हुने भएका छन्। प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ट्वीटरबाट भट्टराईलाई शुभकामनासमेत दिई सकेका छन् ।ताप्लेजुङ्गबाट संघीय संसदमा निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ कार्यक्रम राखिएको स्रोतको जनायो। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेतासँग भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्।

गत फागुनमा मन्त्री रविन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएपछि मन्त्रालय नेतृत्वविहीन थियो।