Comments Add Comment

कक्षा १२ को नतिजा आज सार्वजानिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ ।

रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले आज नतिजा प्रकाशन गर्न लागिएको हो । नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ । गत वैशाखमा सम्पन्न परीक्षामा देशै भरबाट चार लाख परीक्षार्थी सहभागी थिए । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर