
हेटौंडा- हेटौंडा जेसीजको वर्ष २०२० का लागि कार्यकारी उपाध्यक्षमा गंगा प्रसाद पौडेलले उम्मेदवारी दिने घोषण गरेका छन् । लामो समयदेखि जेसीज अभियानमा आबद्द भएका पौडेलले जेसीजमा गुटगत राजनीति भइरहेकाले त्यस्ता खराब अभ्यास विरुद्द आफ्नो उम्मेद्वारी रहने जनाए। पौडेल भन्छन् ‘हेटौंडा जेसीजको संस्थागत विकासका लागि मेरो कार्यकारी उपाध्यक्षमा उम्मेद्वारी हो ।’ साथै युवालाई सही नेतृत्व विकास गराउँनका लागि आफूले उम्मेद्वारी घोषण गरेको हु ।
पौडेलले जेसिजमा सन् २०१४ मा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् भने २०१७ मा पब्लिक रिलेशन अफिसरका रुपमा आफ्नो दायित्व निर्वाह गरेका छन् । जेसीज अभियानलाई लामो समय नियालिरहेका पौडेलले अहिले जेसिज भित्रका विकृति अन्त्य हुनु आवश्यक ठानेर कार्यकारिणी उपाध्यक्षमा घोषणा गरेको बताए ।
यही पुष १८ र १९ गते हेटौंडा जेसीजको अधिवेशन हुँदैछ । नजिकँदो अधिवेशन संगै उम्मेवारी घोषणा हुने क्रम नि बड्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




