बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आजको राष्ट्रिय पत्रिका मार्फत विज्ञापन गर्दै ठुलो मात्रमा फेरी कर्मचारी माग गरेको हो । प्रदेश लोकसेवा आयोगले पाँचौ तहका एक हजार १ सय ५२ जना कर्मचारी माग गरेको छ । यसअघि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेको थियो ।

बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा स्थानीय तहमा रित्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय र ६२ वटा स्थानीय तहलाई आवस्यक ११ सय ५२ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।