नेपालीहरुको नयाँ वर्ष २०७९ बैशाख १ गते हेटौंडामा मेगा कन्सर्ट हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बागमती फाउन्डेशनको आयोजनामा नयाँ वर्षको दिन मेगा कन्सर्ट हुने फाउडेशनका अध्यक्ष दर्शन क्षेत्रीले बताएका छन् ।

कोरोना भाईरसले केही वर्ष यता मनोरञ्जनात्मक कार्यक्रम नभएको अवस्थामा हाल कोरोना भाईरस संक्रमण न्युनिकरण हुँदै गएकोले उक्त कार्यक्रम आयोजना गरेको क्षेत्रीले बताए । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ स्थित भुटनदेवी विद्यालयको चौरमा बैशाख १ गते बिहिबार मध्यान्ह १२ बजेदेखि कार्यक्रम सुरु हुने फाउन्डेशनका उपाध्यक्ष गोकुल अधिकारीले बताए । अधिकारीका अनुसार कार्यक्रममा नेपालकै चर्चित गायक ,गायिका तथा हास्यकलाकारहरुको विजोड प्रस्तुती रहने छ ।

दर्शक श्रोताले निरन्तर मन पराउँदै आएकी गायिका टिका प्रसाई , पछिल्लो समय निकै नै दर्शकको मनमुटुमा बसेको गायक खेम सेन्चुरी , भ्वाईस अफ किड्सका विजेता जेनिश उप्रेती , बिकाश पाण्डे र हास्यकलाकारहरु राजेन्द्र नेपाली ९लट्टे० , प्रभात लामा लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रममा हेटौंडामा रहेको कलिउड कला केन्द्रका उत्कृष्ट डान्सहरु समेत रहनेछ ।