Comments Add Comment

मकवानपुरगढीको ज्यामिरे पुल मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ ज्यामिरे खोलामा निर्मित पुल उद्घाटन गरेका छन् । शनिबार गाउँपालिकाको ज्यामिरे र धादिङ्ग बजार जोड्ने ज्यामिरेको पुल मुख्यमन्त्री पौडेलले उद्घाटन गरेका हुन् । संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले बताए ।

निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ । पुल निर्माणले जन–जिवन उकास्न निकै ठुलो भुमिका खेल्ने विश्वास र स्थानिय बजार प्रवर्दन र सामुदायिक विकास,यातायातको विकास जस्ता विविध कामको लागि यस पुलको महत्वपुर्ण भुमिका रहेको अध्यक्ष हुँमागाईले बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार मकवानपुरगढी गाउँपालिकाको विकासको लागि सधै तत्पर रहेको र भालुखोला पुल निर्माणमा पनि प्रदेशबाट उल्लेखनिय योगदान रहने प्रतिद्धता समेत व्यक्त गरे । पुल निर्माणपछि गाउँपालिकाका वडा नं ५ र ६ का बासिन्दा लाभान्वित भएका छन् । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले ज्यामिरे खोलामा वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै स्थानीयबासीलाई यात्रा गर्न सहज हुने भएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर