कोपा अमेरिका फुटबलको उपाधि ९ औँ पटक ब्राजिलले उचाले

अनलाइन पत्र संवाददाता२०७६-०३-२३ No Comments

कोपा अमेरिका फुटबलको उपाधि माथि ब्राजिलले जितेको छ । नेपाली समय अनुसार सोमबार बिहान १ः४५ बजे भएको पेरु विरुद्धको खेलमा ३ का विरुद्ध १ गोलले पाखा लगाउदै ब्राजिल कोपा अमेरिका फुटबलको उपाधि रच्न सफल भएको हो । यो जितसँगै ब्राजिल ९ आंै पटक कोपा अमेरिका फुटबलको विजेता बन्न सफल भएको छ ।

ब्राजिललाई जिताउन खेलको १५ औ मिनेटमा इभरटनले जाली चुमाएका थिए । त्यसैगरी खेलको ४८ आंै मिनेटमा ग्रबिअल जिजसले गोल गर्दै गोल संख्या दोब्बर पारेका थिए । पहिलो हाफमा २ गोलले आगाडी रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रिचालीसनले जालि चुमाए पछि ब्राजिलको गोल संख्या तेब्बर बनेको थियो । खेलको अन्तिम समयमा ग्रबिअल जिजसले रातो कार्ड खादा १० जना खेलाडीमा सीमित रहेको ब्राजिल ९ औँ पटक कोपा अमेरिका फुटबलको उपाधि जित्न सफल भएको हो ।

खेलमा पेरुका लागि एक मात्र सान्तवना गोल खेलको ४४ आंै मिनेटमा गवारोटो पाउलोले पेनाल्टी मार्फत गरेका थिए । यता पेरुका खेलाडीले प्रहार गरेको बललाई ब्राजिलीयन गोलरक्षक एलिसनले उत्कृष्ट बचाउ गरेका थिए । हारसगै पेरुले कोपा अमेरिका फुटबलको उप विजेतामा चित बुझाएको छ ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad