Menu

आज २०७६ पुस १७ गते बिहीबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस १७। बिहीबार। इ.स. २०२० जनवरी २। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। सप्तमी, १९:१० उप्रान्त अष्टमी। नक्षत्र– उत्तरभाद्रपदा, ३०:०८ बजेउप्रान्त रेवती। योग– वरियान्, २२:१२ बजेउप्रान्त परिघ। करण– वणिज, १९:१० बजेदेखि भद्रा, ३२:१५ बजेउप्रान्त वव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २५ घडी ५ पला। पञ्चक। राष्ट्रिय पोसाक दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । लाभदायक यात्रा रहनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । घर व्यवहारमा झमेला आउलन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा समस्या आइलाग्न सक्छ, सचेत रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । – ज्यो.प. नारायणप्रसाद दुलाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad