हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ न्युरेनी नगदह स्थित कर्रा खोलामा शुक्रबार साँझ पौडी खेल्ने क्रममा तीन जना बालकहरु बेपत्ता भएकोमा तीनै जनाको शव फेला परेको छ ।

खोलामा ४ जना साथीहरु मिलेर पौडी खेल्न गएकोमा तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो । ४ जना मध्ये एक जना सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरु हेटौंडा –८ कमानेबाट पौडी खेल्न आएका थिए । मृत फेला परेका बालकहरुको पहिचान खुल्न बाँकी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।