कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी चेली अनु थिङसँग विवाह गरेका हुन् ।

उनले तामाङ परम्परा अनुसार विवाह गरेका छन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक तहमा अध्ययनरत् छिन् । कलाकार बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।