मकवानपुरको मनहरी गाउँपालिकामा एक वृद्धको शप फेला परेको छ । आइतबार साँझ मनहरी गाउँपालिका वडा नम्बर १ मकरीको जंगलमा मृत अवस्थामा एक वृद्धको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव स्थानीय ६५ बर्षिय मानबहादुर घलानको रहेको प्रहरी जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताए ।