मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीले मोटरसाईकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । गएराति २ बजे हेटौंडा १६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाईकल चोरी भएको र बागमती गाउँपालिका तर्फ आईरहेको जानकारी आएपछि प्रहरीले बिहान ६ बजे बागमती–७ को लामिटारबाट दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सर्लाहीका २५ वर्षीय राजु मोक्तान र निजगढका ३३ वर्षीय लालकाजि घिसिङ रहेका छन् ।