मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट लागु औषध ३ किलो गाँजासहित एक जना प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका एक जनालाई पक्राउ गरी खोजतलास गर्दा ३ किलो ५ सय ग्राम गाँजा भेटिएको हो । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका वडा नंम्बर ८ बस्ने ४८ वर्षिय मधु प्रसाद चौहान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–५ कुत्तासिङबाट पक्राउ गरेको थियो ।