मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकामा खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । सोमबार गाउँपालिकाको वडा नंबर ८ स्थित मनहरी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ७ ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अबैध रुपमा ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । प्रहरीले ना ५ त ९५४४, ना ६ त ४७९०, ना। ५ त ७११२, ना ६ त २९१७, ना। ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नंबरको ट्याक्टरलाई अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्‍यक कारवाहिको लागी मनहरी गाउँपालिकाको कार्यालय पठाईएको छ । साथै २०७८ साल मंसिर महिनामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ३२ वटा ट्याक्टरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।