नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा –४ शितल महलचोकस्थित पार्टी कार्यालयको विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै पार्टी केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनबादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रष्ट्याए ।

पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरु सामु हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्दता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरु जुट्ने पनि बताए । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो । यसैबिच, पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । यो दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।