Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रेडियो सन्देशको दोश्रो वार्षिक उत्सव सम्पन्न

Company Register

मकवानपुरमा सञ्चालनमा रहेको सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो बार्षिक उत्सवको अवसरमा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास र सम्र्वद्धनका निम्ती सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

Advertisement

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले स्थानिय सरकारले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्नुपर्ने बताउनुभयो । मिडियाको संस्थागत विकास र श्रमजिवी पत्रकारहरुको हितका लागि स्थानीय सरकार भुमिका महत्वपूर्ण हुने बिष्टले बताउनुभयो । कार्यक्रममा बोर्ड काष्टिङ एसोसियसन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले संकटको अवस्थामा मिडिया बचाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...