हेटौंडा – १९ बस्तिपुरमा अघोषित लोडसेडिङ गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । विभिन्न वहानामा पटक पटक लोडसेडिङ गरेको भन्दै स्थानीयले बुधबार बेलुका करिब ८ बजेदेखि आधा घण्टा राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्युत प्राधिकरणको प्रमुखबाट कुलमान घिसिङको विदाईसंगै मकवानपुरका विभिन्न क्षेत्रमा पटक पटक लामो समय लोडसेडिङ भइरहेको स्थानीयले जनाएका छन् ।