यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आइपिएल : कोलकताले राजस्थानलाई ३७ रनले हराए


इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनायो । राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । राजस्थानका तीन खेलाडी मात्र दोहोरो अंकमा रन बनाउन सके । ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो ।

Advertisement
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा राजस्थानले शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । कोलकाताले चौथो खेल शनिबारनै दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।