दशरथ रंगशालामा जारी नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटी एफसीलाई ३–० गोलले हराउँदै काठमाडौँ रेजर्स फाइनल प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौँका मेसौके ओलाउमुले दुई र स्टेफाइन समिरले एक गोल गरे। ओलाउमुले १४ र २२ औँ मिनेटमा तथा समिरले ६० औँ मिनेटमा गोल गरेका थिए। यसअघि पहिलो क्वालिफायरमा धनगढीले काठमाडौँलाई २–१ गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।काठमाडौँले शनिबार उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ।