Comments Add Comment

मकवानपुर गोल्डकपको उपाधि साविक विजेता त्रिभुवन आर्मीलाई

चौंथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लवले हात पारेको छ । सोमबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सम्पन्न प्रतियोगितामा घरेलु टोली विजय युथ क्लवलाई २–१ गोलले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।

आर्मीले यसअघिको संस्करण पनि जितेको थियो । आर्मीलाई उपाधि दिलाउनको लागि कप्तान भरत खवास र कमल बहादुर थापाले एक–एक गोल गरेका थिए । विजय युथका डोना थापाले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच आर्मीका कमल बहादुर थापा घोषित भए । उनले नगद १० हजारसहित शिल्ड प्राप्त गरे । उपाधि जितेसँगै आर्मीले १५ लाख रुपैयाँ र उपविजेता विजय यूथले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गरे । बुलेट बाइक हेटौंडा स्कुल अफ म्यानेज म्यान्टले उपलब्ध गराएको थियो । यस्तै प्रतियोगिताको विधागततर्फ आर्मीले क्लिनसिप गर्यो । उत्कृष्ट फरवार्ड दिनेश हेम्जन, उत्कृष्ट डिफेन्डरमा बिमल पाण्डे, उत्कृष्ट गोलरक्षकमा विकेश कुथु, उत्कृष्ट मिडफिल्डर बिवेक बस्नेत र आर्मीकै नबिन न्यौपाने उत्कृष्ट कोच घोषित भए । विधागत उत्कृष्ट हुनेहरुलाई २५–२५ हजार सहित मेडल पाए। गोल्डकपको विजेता र उपविजेतालाई प्रमुख अतिथि बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बाँनिया, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडाअध्यक्ष सुशिल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए ।

 

तस्विर : खेलकुद हेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर