मकवानपुरको बकैया -११ घट्टेपाखामा डोजर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शप हेटौँडा अस्पताल ल्याईएको छ । मृतकहरु तीनैजना चिनिया नागरिक रहेको प्रहरीको भनाई छ । दुर्घटनामा थप तीन जना पनि घाईते रहेको प्रहरीले बताए ।