Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढी गाउँपालिका आईरन चक्की खुवाउनेमा जिल्लामै पहिलो

Company Register
अभिमूखीकरणमा सहभागी शिक्षक तथा प्रशिक्षक । तस्वीर: सुनिल गौतम

Advertisement

मकवानपुरगढी गाउँपालिकाले पालिकाभर रहेका किशोरीहरुलाई आईरन चक्की खुवाउनेमा जिल्लामै पहिलो हुनेभएको छ । किशोरकिशोरीहरुका लागि पोषण कार्यक्रम सञ्चालन निर्देशिका२०७६ बमोजिम १० देखि १९ वर्ष सम्मका सबै किशोरीहरुलाई आईरन फोलिक एसिड खुवाईने कार्यक्रम अन्तर्गत जिल्लाभरमै पहिलोपटक मकवानपुरगढी पालिकाले यस्तो कार्यक्रम शुरुवात गरेको हो ।

आर्थिक वर्ष २०७२/०७३ देखि नेपाल सरकारले प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पत्ता नहोस भनी कन्चनपुरबाट पाईलटिङ्का रुपमा शुरुवात गरेको यो कार्यक्रम कोभिडका कारण केहिढिला शुरुवात भएपनि जिल्लामा भने मकवानपुरगढीले पहिलोपटक शुरु गरेको छ । १० देखि १९ वर्ष सम्मका विद्यालय जाने तथा नजाने सबै किशोरीहरुलाई साप्ताहिक रुपमा १३/१३हप्ताको २ चरण गरी वर्षभरीमा २६ हप्ता यस्तो कार्यक्रम सञ्चालन हुने निर्देशिकामा उल्लेख गरिएको छ । जसमा प्रति डोज ६० मिग्रा आईरन चक्की र २.८ मिग्रा फोलिक एसिड खुवाईने छ ।

विद्यालय जाने १० देखि १९ वर्षका किशोरीहरुलाई विद्यालय मार्फत स्वास्थ्यकर्मीको निगरानीमा र विद्यालय नजाने सोही उमेरसमूहका किशोरीमा भने स्वास्थ्यकर्मीको पहलमा सबैलाई आईरन खुवाईने उल्लेख छ । कार्यक्रमको औपचारिक रुपमा शुरुवात गर्दै मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज १ दिवशीय अभिमूखीकरण समेत सम्पन्न भएको छ । पालिकाभर रहेका आधारभूत तह र माध्यामिक तहका प्रधानाध्यापक तथा स्वास्थ्यकर्मीहरुबीचमा अभिमूखीकरण सम्पन्न भएको हो । कार्यक्रममा लक्षित समूहलाई आईरन चक्की किन खुवाउने तथा कसरी खुवाउने र गर्नुपर्ने कार्यहरुका बारेमा सहजीकरण गरिएको थियो ।

पालिकाका स्वास्थ्य प्रमूख ध्रुवप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको अभिमूखीकरणमा प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको अध्यक्षता रहेको थियो । कार्यक्रममा शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ मकवानपुरगढीका अध्यक्ष लिलानाथ ढुङ्गेल र स्वास्थ्यकर्मीहरुको तर्फबाट बिदुर लामिछानेले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा मकवानपुरगढीका स्रोत शिक्षक ईन्द्रबहादुर कार्की तथा दाशरथी उपाध्यायको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...