यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा मंगलबार एकैदिन १०९ जना कोरोना संक्रमित थपिए


मकवानपुरमा मंगलबार एकैदिन थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार बिहान ७१ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा साँझ थप ३८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । मंगलबार साँझ आएको रिपोर्टमा संक्रमित हुनेमा १४ महिला र २४ पुरुष रहेको छ । असोज २ गते संकलन गरिएको स्वाबको रिपोर्ट मंगलबार आएको हो । हेटौँडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ९३ जनाको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार बिहान पनि मकवानपुरमा ७१ जनामा कोरोना पुष्टि भएको थियो ।