बुटवलमा विरोध हुन थालेपछि २१ गतेसम्म निषेधित क्षेत्र घोषणा

प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावपछि बुटवलमा विरोध शुरु भएको छ । आन्दोलन हुन थालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ । शुक्रबारदेखि नै रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेस रुपन्देही र स्थानीयले विरोध जनाएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १८ गतेदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिँडडुल गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

अनलाइनपत्र संवाददाता

Next Post

आज २०७७ असोज १८ गते आइतवारको राशिफल

Sun Oct 4 , 2020
आजको पञ्चाङ्ग बि.सं. २०७७ असोज १८ आइतवार । इ.सं. 04 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादी । दक्षिणायन । शरद ऋृतु । अधिक आश्विन शुक्लपक्ष। तिथि तृतीया , ३१:३३ बजे उप्रान्त चतुर्थी नक्षत्र अश्विनी , ११:१२ बजे उप्रान्त भरणी योग हर्षण , २३:२५ बजे […]

सम्बन्धित खबर