नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन्। दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको खेल सकिएपछि पत्रकार सम्मेलन गर्दै थापाले टिम छाडेको घोषणा गरेका हुन्। पाँचौपटक फाइनलमा पुगेको टिम बंगलादेशसँग ३–१ ले पराजीत भएसँगै उनले टिमबाट राजीनामा दिएका हुन्। उनले टिम छाड्दै भने, ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु।’