वि.सं. २०७६ असोज ६। सोमबार। इ.स. २०१९ सेप्टेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। नवमी, १३:२३ उप्रान्त दशमी। नक्षत्र– आर्द्रा, ७:४२ बजेउप्रान्त पुनर्वशु। योग– वरियान्, १५:४९ बजेउप्रान्त परिघ। करण– गर, १३:२३ बजेदेखि वणिज, २४:३५ बजेउप्रान्त भद्रा। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मिथुन, २५:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान ३० घडी ४ पला। मातृ नवमी। दशमी श्राद्ध। तुला राशिमा सायन सूर्य १९:५५ बजे प्रवेश।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो