मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २–१ गोलले पराजित

Company Register

मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल पराजित भएको छ। आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो। भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

Advertisement

खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काए।साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो।यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो। सो खेलको पहिलो हाफमा अन्जन विष्टले गोल गरेर नेपाली टोलीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। भारतका लागि दोस्रो हाफमा अनिरुद्र थापाले बराबरी गोल गरेका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...