नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने

Company Register

काठमाडौं – अब नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा मार्फत गर्दा आकर्षक क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने भएको छ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्न यो योजना ल्याएको हो ।

Advertisement

कम्पनीका बीमितहरूले इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजार सम्मको क्यास ब्याक पाउनेछन् भने हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले बताएको छ ।

ya thau khali xa

यस योजना कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी, शेयर कारोबारको भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज र बसको टिकट, स्कुल कलेज शुल्क भुक्तानी गर्न सकिनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...