Comments Add Comment

अब सय रुपैयाँको नोटमा चुच्चे नक्सा

काठमाडौँ । सरकारले १०० रुपैयाँको नोटमा नेपालको लिम्पियाधुरा समेटिएको नयाँ नक्सा (चुच्चे नक्सा) राख्ने निर्णय गरेको छ ।

हाल उक्त नोटमा रहेको नक्सा परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यही वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री शर्माले रू १०० को नोटमा नक्सा अध्यावधिक गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।  उक्त नयाँ नक्सा राख्ने प्रस्ताव अर्थ मन्त्रालयले अघि सारेको समेत उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर