काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९६ हजार ४०० कायम भएको छ।

This image has an empty alt attribute; its file name is gold28.png

बिहीबार ९६ हजार ५०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि आज घटेको छ। बिहीबार ९६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९५ हजार ९०० तोकिएको छ।

चाँदी मूल्य तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार एक हजार ३४५ मा कारोबार भएको चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।