Comments Add Comment

पछिल्लो २४ घन्टामा देशभर १३ सय ५९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा देशभर १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा डिस्चार्ज १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । पीसीआर परीक्षण १३ हजार ६ सय ३८ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म देशभर ४४ हजार २३६ कोरोना संक्रमित पुगेको छ । शुक्रबार अपराह्न सम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १८ हजार ४ सय ४ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको प्रवक्त गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर