सिन्धुपाल्चोकमा गएराति खसेको पहिरोमा परी दुई जनाको शव भेटिएको छ । २२ जना बेपत्ता भएका नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिएका छन् । शेर्पाका अनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको जानकारी दिए ।

भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ स्थलमार्ग हुदैँ जानुभएको छ ।