मेक्सम खाती छेत्रीको आवाज रहेको म्युजिक भिडियो ‘पुकुली माया’ शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नरेश खाती छेत्रीको शब्द तथा सङ्गीत रहेको छ ।

विशाल निरौलाले एरेन्ज गरेको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा गायक खाती स्वयं फिचर्ड छन् भने निर्देशन तथा छायाङ्कन नरेश खातीले गरेका हुन् ।